खोज्नुहोस

Advertisement

विचार

तिलाको वडा नम्बर ६ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा

तिलाको वडा नम्बर ६ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा

जुम्लाको तिला गाउँपालिकाको वडा नम्बर ६ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पूरा गरेपछि बालमैत्री वडा घोषणा गरिएको हो । बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि एक कार्यक्रमका विच शुक्रबार जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले बालमैत्री वडा घोषणा गरेका छन्,। बालमैत्री वडा निर्माणको लागि वडाले सबै सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोमायाले बताए । उनका अनुसार ५१ वटा सुचक अन्तर्गत ८४ प्रतिशत भन्दा बढि सुचाक पुरा गरेकोले सो वडा बालमैत्री घोष्णा…
Read More
कालिका मावि बड्कीमा विज्ञान प्रयोगशाला स्थापना

कालिका मावि बड्कीमा विज्ञान प्रयोगशाला स्थापना

जुम्ला – हिमा गाउँपालिका – १ बड्की गाउँस्थित कालिका माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला ल्याव स्थापना गरिएको छ । गाउँपालिकाको समन्वयमा प्लान नेपाल र पेस नेपाल जुम्लाको सहयोगमा विज्ञान प्रयोगशाला ल्याव स्थापना गरिएको हो । प्लान नेपाल र पेस नेपालको साँझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्र्तगत करिव पाँच लाख रकम बराबरको विज्ञान प्रयोगशाला ल्यावका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ । पेस नेपाल जुम्लाका कार्यकारी निर्देशिक किशोर न्यौपानेका अनुसार विद्यालय र गाउँपालिकाको विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको हो । विज्ञान प्रयोगशाला ल्याव स्थापना पश्चात बालबालिकाको शिक्षामा गुणस्तर सुधार होस भन्ने उद्देश्य राखिएको छ ।   विद्यार्थीको शिक्षामा सुधार ल्याउनका लागि विद्यालयमा विज्ञान…
Read More
गण्डकीबाट प्रचण्डलाई बाबुरामले दिएको राजनीतिक सन्देश

गण्डकीबाट प्रचण्डलाई बाबुरामले दिएको राजनीतिक सन्देश

२९ जेठ, पोखरा । बहुमत पुर्‍याउने समझदारी भएपछि नै आत्मविश्वासका साथ संसदमा आफूलाई परीक्षण गरेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गर्न सफल भए । उनले विश्वास जित्नुका पछाडि प्रमुख निर्णायक राप्रपा थियो तर चर्चा र सबैको ध्यान नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ताने । माओवादी संसदीय दलका सदस्य भनिएका देवकोटाले विश्वासको मत दिँदा मुख्यमन्त्री पाण्डेले बहुमतमात्र पुर्‍याएनन्, गण्डकीले राजनीतिक सन्देशसमेत दिएको छ । गण्डकीको निर्णायक शक्ति बनेको राप्रपाले उनलाई साथ दिने निर्णय नै गरेकाले अनपेक्षित थिएन । स्वतन्त्र सांसद जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ ९दीपक मनाङे० ले जता ३० पुग्छ,…
Read More
तातोपानी जुट्यो, विपद पुर्वतयारी तथा प्रतिकार्य योजनामा

तातोपानी जुट्यो, विपद पुर्वतयारी तथा प्रतिकार्य योजनामा

जुम्लाको तातोपानी गाउँपालिका विपद् प्रतिकार्यको पुर्व तयारीमा जुटेको छ । यो वर्षको मनसुन यहि जेठ ३१ गतेबाट असोज १७ सम्म रहने छ । यो समय भित्र १८ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । यो प्रक्षेपण पछि तातोपानी गाउँपालिका तत्काल विपद् प्रतिकार्यको पुर्व तयारीमा जुटेको हो । तातोपानी गाउँपालिकाको स्थानीय विपद् व्वश्थापन समितिले आजको बैठकबाट ६ वटा महत्वपुर्ण निर्णय गरेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताए । बाढी, पहिरो लगाएतका मनसुनजन्य विपद्लाई ध्यानमा राख्दै खाद्य संस्थान सँग…
Read More
पेस नेपालको समुदायको सशक्तिरणदेखि संस्थागत विकासमा जोड

पेस नेपालको समुदायको सशक्तिरणदेखि संस्थागत विकासमा जोड

  जुम्ला – पेस नेपाल जुम्लाले समुदायको शसक्तिकरणदेखि संस्थागत विकास र दिगो विकासमा उल्लेखीय काम गर्दै आएको छ । जुम्लामा सन् २००६ मा दर्ता भई संचालनमा रहेको गैर नाफा मुलक गैर सरकारी संस्था पेश नेपालले शसक्तिकरणदेखि दिगो विकासमा काम गर्दै आएको हो । कृषि, जलवायु अनुकुलन, खानेपानी, विपद व्यवस्थापन, मर्यादित महिनावारी लगायतका विभिन्न क्षेत्रको विकास गरि समुदायको सशक्तिकरण र दिगो विकासमा जोड दिएको छ । करिब दुई दशक लामो यात्रामा पेश नेपालका विभिन्न परियोजनाहरु जुम्ला सहित मुगु र कालिकोटका ३२ वटा वडाहरुमा काम गर्दै आएको छ । शुक्रबार जिल्ला स्थित संचारकर्मीहरु संगको अन्तरक्रिया गर्दै पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर…
Read More
error: Content is protected !!